2026-08-24 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइयो

असार २७, गोरखा (रासस)। सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि  ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।  खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदानका चामल  सिर्दिबास पुर्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा  चामल सिर्दिबास डिपोमा पुर्याइएको उहाँले बताउनुभयो । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने  सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ ।

“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भन्नुभयो, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्याउन सम्भव भएको हो ।”

पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्याएर सुरक्षित भण्डारण गरिएको उहाँले बताउनुभयो । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन् । हेलिकप्टर  मार्फत डिपोमा पुर्याइएको  चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन