2026-09-18 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

साउन ३, जाजरकोट (रासस)। डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो ।

सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ । शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताउनुभयो । यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् ।

सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताउनुभयो ।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ । समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई