2026-09-22 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

साउन ३, काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुनेछ।  ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ ११ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।  ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

इच्छुक लगानीकर्ताले छिटोमा साउन १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम २५  कित्ता र अधिकतमपुरै कित्ताको लागि आवेदन दिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो