२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै खाली भएन कलङ्की–चाबहिल सडक

२०७८, ४ श्रावण सोमबार ०९:२२

सञ्चिता घिमिरे । साउन ४, काठमाडौँ (रासस)। चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि सडक खाली भइनसकेका कारणले निर्माण शुरु गर्न ढिलाइ भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

सामाखुसीदेखि महाराजगञ्जसम्मका विद्युत्का खम्बा सार्ने काम भइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । विद्युत्का खम्बा एक सातामा हटाउने गरी सम्झौता भए पनि पानीले गर्दा हटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी परिरहँदा तार हटाउन पनि गाह्रो छ र विद्युत्भार कटौती गर्ने अवस्था छैन ।” 

सो सडकमा विभिन्न खण्डमा स्तूपा, मन्दिर, घरलगायतका संरचना अझै हटाउन बाँकी रहेको योजनाले जनाएको छ । स्वयम्भु नजिकै रहेको स्तूपाको पर्खाल सार्न बाँकी रहेको प्रमुख सुवालले बताउनुभयो । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर क्षेत्रमा घर हटाउन बाँकी छ । त्यो घर हटाउन नसकिँदा पनि कसरी निर्माण अघि बढाउन सकिन्छ भनेर छलफल भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडकमा रहेका संरचना हटाइसकिएपछि तत्काल चिनियाँ टोली आएर काम शुरु गर्नेछ ।” चक्रपथको सडक मात्रैको चौडाइ ५० मिटर हुने भए पनि हरियाली क्षेत्र, फुटपाथ, सर्भिस ट्र्याकसमेत गरी ६२ मिटर चौडाइ हुने प्रमुख सुवालले बताउनुभयो । 

अहिले तत्काल चिनियाँ आउनका लागि विद्युत्का खम्बाले गर्दा मात्र रोकिएको उहाँले जानकारी दिनुभयो । केही समय पहिले सडक विभागले निर्माणस्थल खाली भइसकेको भनेर चिनियाँ कम्पनीलाई जानकारी गराएको थियो । चिनियाँ आफैँले फोटो खिचेर लगेर निर्माणस्थल खाली नभएको भनी काम शुरु नगरेको उहाँले बताउनुभयो । सडकमा रहेका साना मन्दिर कसरी अर्काे ठाउँमा सार्ने भनी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसको कहाँ बनाउने भनी पुरातत्वसँग छलफल भइरहेको छ ।” 

सडक विभागले चीन सरकारको सहयोगमा कलङ्कीदेखि महाराजगञ्ज हुँदै चाबहिल (धोबीखोलासम्मको सडक) विस्तार गर्ने तयारी अघि बढाइरहेको छ । दुई वर्ष पहिले सडकको अधिकार क्षेत्रमा रहेका विद्युत्का खम्बा, खानेपानीको पाइप, ढल, रुख, मन्दिर, स्तूपा, व्यक्तिगत सम्पत्ति सार्ने र हटाउने काम भइरहेको छ । अहिलेसम्म त्यहाँ रहेका रुख, खानेपानी तथा ढल हटाइसकेको छ । अझै पनि यहाँका विद्युत्का पोल, स्तूपाका पर्खाललगायतका कुरा हटाउन बाँकी छ । कतिपय व्यक्तिको व्यक्तिगत सम्पत्ति हटाउन पनि बाँकी छ । 

चक्रपथको पहिलो खण्डका रुपमा चीन सरकारले कोटेश्वर–कलङ्की सडक विस्तार गरेको थियो । सो सडक सम्पन्न भएको झण्डै पाँच वर्ष भइसकेको छ । आठ लेन चौडाइमा विस्तार गरिएको सडकका कारण यस क्षेत्रमा सवारी चाप कम भएको छ । सोही सडकमा खसीबजारदेखि कलङ्कीसम्म ‘अण्डर पास’ निर्माण गरिएको छ । कलङ्कीदेखि चाबहिलसम्मको सडक पनि आठ लेनमा नै विस्तार हुनेछ । सो सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्ने गरी डिजाइन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा