2026-08-24 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक अर्ब ४० करोड बराबरको हेटौँडा सिमेन्ट बिक्री

साउन १०, वाग्मती (रासस)। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिनुभयो ।

उद्योगका अनुसार विसं २०७७ साउन महिनामा एक लाख ५१ हजार १८३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने भदौमा एक लाख ३९ हजार ९६६ बोरा र असोजमा एक लाख ३२ हजार ७९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । यसैगरी २०७७ कात्तिकमा एक लाख एक हजार ९९३ बोरा, मङ्सिरमा एक लाख ४१ हजार ३७० बोरा र पुसमा एक लाख ८४ हजार ३३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको देखिन्छ ।

उद्योगका अनुसार विसं २०७७ को माघमा एक लाख ५० हजार ५९८ बोरा, फागुनमा एक लाख ६४ हजार ७०९ बोरा सिमेन्ट बिक्री भएको छ भने चैतमा दुई लाख सात हजार ८१३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ । विसं २०७८ वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार ५३१ बोरा र असारमा एक लाख २२ हजार ५३१ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । 

उद्योगका विभिन्न चार स्थानमा चुनढुङ्गा खानी छ । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुङ्गा ल्याएको थियो । उद्योगले सो आवमा कूल एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिए पनि कूल एक लाख मेट्रिक टन मात्र क्लिङ्कर उत्पादन गरेको उद्योगले जनाएको छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा विसं २०३३ मा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ । उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्ने गरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिनुभयो । 

हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १०१ बिघा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र रहेको छ भने करिब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चा पदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।

यस उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिकरूपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगमा आर्थिकरूपमा नोक्सानी हुँदै आएको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताउनुभयो । उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करिब रु दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करिब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चा पदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।

उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जनाएको छ ।

उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिकरूपमा बढी भएको पाइन्छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा विसं २०७२ को विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ । विसं २०३३ मा स्थापित उद्योगले २०४२ बाट व्यावसायिक उत्पादन शुरु गरेको  थियो । उद्योगमा हाल २८५ स्थायी र करिब १०० ज्यालादारी कर्मचारी तथा मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन