2026-10-12 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्षमा डेढ खर्ब लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

साउन १०, काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा रु एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

यस्तै, पूर्वाधारका दुई उद्योगमा रु एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा रु १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा रु १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा रु पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

घट्यो उद्योग दर्ता

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो आवमा मा रु एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा  बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

घट्यो विदेशी लगानी प्रतिबद्धता

कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको सङ्ख्यामासमेत कमी आएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा ४० उद्योग कमी हुनाका साथै रु पाँच अर्ब ७८ करोड बराबरकको लगानी लगानी घटेको हो। अघिल्लो आवमा २२३ उद्योगका लागि रु ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ उद्योगका लागि रु ३२ अर्ब दुई करोड बराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।

कुन उद्योगमा कति प्रतिबद्धता 

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा  लगानीको  प्रतिबद्धता आएको छ ।  यसक्षेत्रमा १०१ उद्योगका लागि रु १८ अर्ब ३१ करोड बराबरको प्रतिबद्धता आएकोे हो ।

यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि रु ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि रु एक अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि रु दुई अर्ब ९५ करोड, १९उत्पादनमूलक उद्योगका लागि रु दुई अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि रु पाँच अर्ब ९८ करोड बराबरको प्रतिबद्धता आएको हो ।

उक्त लगानी प्रतिबद्धतासँगै पाँच हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ । नयाँ व्यवस्थानुसार रु पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम रु पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम