१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !

१७ श्रावण २०७८, आईतवार ०९:११

बासुदेव पौडेल । साउन १७, गण्डकी। पोखराबाट नेपालगञ्जसम्म  सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ । 

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको उक्त संस्थाका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । 

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन कठिन भएकामा  हाल हप्ताका निर्धारित तीन दिन बिहान ९।१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०।०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।

प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ । 

हाल १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पोखरा–नेपालगञ्ज उडान थालिएको जानकारी दिँदै उहाँले यात्रुको चापअनुसार उडान सङ्ख्याका साथै ठूला जहाजसमेत थप्न सकिने बताउनुभयो । पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज,कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

साविकको धवलागिरिका पर्वतलगायत स्थानबाट ठूलै सङ्ख्यामा नेपालगञ्जसहित बाँके, बर्दीयामा मानिस बसाइँ सरेका छन् । कास्कीकै तारकाङ, तप्राङलगायत स्थानबाट पनि उक्त क्षेत्रमा बसाइँ सर्नेको सङ्ख्या ठूलो छ । बसाइँ सरेर जानेहरूका साथै पर्यटकको रुपमा आवतजावत गर्न चाहनेहरूका कारण पोखरा–नेपालगञ्ज हवाई उडान गर्नेको सङ्ख्या बढ्ने विश्वास लिइएको स्टेशन म्यानेजर बरालले बताउनुभयो । 

पोखरालाई आधार बनाएर नयाँ गन्तव्यमा उडान भर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरिरहेकामा काठमाडौँपछिको दास्रो पर्यटन केन्द्र बनाउने प्रयासमा यहाँका पर्यटन व्यवसायी लागिपरेका छन् । 

यसअघि अघिल्लो वर्ष फागुनमा नाट्टा गण्डकी प्रदेश र नेपालगञ्ज बाँके च्याप्टरको संयोजनमा सीता एयरको जहाज चाटर्ड गरी हप्तामा तीनवटासम्म उडान थालिएको थियो । लगभग दुई महिना चाटर्ड गरी उडान गरिए पनि पुनः कोरोनाको दोस्रो लहरका कारण उक्त योजनामा असर परेको नाट्टा गण्डकी प्रदेशका सदस्य एवं हवाई उपसमिति संयोजक सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

बुद्धले नेपालगञ्जका साथै चाँडै नै विराटनगर र सिमरामा पनि उडान भर्ने तयारी गरेको छ । हाल पोखरा–काठमाडौँ दैनिक आठवटा उडान भरिरहेकामा  पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भरिरहेको छ ।

पोखरा र नेपालगञ्जबीचको उडानसँगै बर्दीया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्मको यात्रा गर्न भारतको लखनउ, कानपुर, दिल्लीसम्मका पर्यटकको चाप पोखरामा बढ्ने विश्वास लिइएको छ । यहाँका धार्मिक तथा पर्यटकीयस्थल विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको बागेश्वरीलगायत तीर्थस्थल पुग्न चाहनेका लागि पनि यो उडान फलदायी बन्ने विश्वास लिइएको छ । 

कोरोनाका कारण भारतीय बोर्डर नखुल्दा आवतजावत रोकिए पनि अवस्था केही सहज भएसँगै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन पनि यो उडान बहुउपयोगी बन्ने नाट्टा प्रदेश अध्यक्ष सिग्देलको भनाइ छ ।

पोखरालाई आधार बनाएर काठमाडौंँसहित विभिन्न शहरबाट हाल दैनिक एक हजार ५०० यात्रु हवाई उडानबाट आवतजावत गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमले बताउनुभयो । कोरोना कहरअघि पोखराबाट दैनिक ३० नियमित उडान हुने गरेकामा अहिले भने १० उडान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । यात्रुको स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको उल्लेख गर्दै उहाँले कोरोना कहर अघि पोखरालाई आधार बनाएर दैनिक पाँच हजारसम्म यात्रु हवाई उडानमार्फत आवतजावत गरिरहेको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त