2026-10-13 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

साउन १८, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ । 

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष रु ३२ करोड १९ लाख ७९ हजार ८३७ र रिडी हाइड्रोपावर रु २८ करोड ८६ लाख ९२ हजार ४६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.९८, फस्ट माइक्रोफाइनान्स ९.०९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतले कमाए । यस्तै, नेपाल हाइड्रो डेभलपर ५.३३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०७, लक्ष्मी इक्विटी फण्ड ४.७८, हिमालयन पावर पार्टनर ४.८० र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए । 

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुगेको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लागेको छ भने आठ उपसमूहको ओरालो लागेको छ । लघुवित्त उपसमूह २.२२ प्रतिशत, लगानी उपसमूह १.७ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङको ०.०९ प्रतिशत बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक घटेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम