2026-10-13 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँ वितरण केन्द्रमा रु छ करोड बढी बक्यौता

साउन २१, तनहुँ (रासस)। तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।

विगतका वर्षमा सरदर रु तीन करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको उहाँले बताउनुभयो ।

यहाँ ४० हजार ४८५ विद्युत्का ग्राहक छन् । चार करोड ५२ लाख दुई हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९८४ राजश्व सङ्कलन गरिएको छ । प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०.५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ । 

यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जीनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत् आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै रु २७ लाखदेखि ४६ लाखसम्म विद्युत् महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताउनुभयो ।

विद्युत् चुहावटलाई न्यूनीकरण गर्न कार्यालयका तर्फबाट पनि पहलकदमी थालिएको छ । जिल्लामा आव २०७६÷७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आव २०७७÷७८ को असारमसान्तसम्म ९७ प्रतिशत जनशक्तिमा विद्युत् पहुँच पुगेको छ । जिल्लाको कछार भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताउनुभयो । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम