2026-10-13 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको नैनीतालमा भारी बोकेर चलेको जीवन

शेरबहादुर सिंह । साउन २४, भारत । कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौँ”, उहाँले भन्नुभयो, “शुरुआतमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो ।”

उहाँ अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्नुहुन्छ । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि आएको सुनाउँदै उहाँले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताउनुभयो । “कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु ।” नैनीताल शहर उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो । भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने सो  क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ ।

पर्यटकीय सवारीसाधन आवागमनमा सहजता भए पनि त्यहाँ ठूला मालवाहक सवारी चल्न रोक लगाइएको छ । चारैतिर पहाड र बीचमा आकृर्षक ताल रहेको यहाँ नेपाली प्रायः भरिया काम गर्दै आएका छन् । “कोरोनाको दोस्रो लहरका बेला पनि घर नगई यति बिताए”, उहाँले भन्नुभयो, “ अरु बेला घर आउने जाने भइरहन्छ ।” साठी वर्षीय वुद्ध बुढा त समाचारका प्रतिनिधि पात्र मात्रै हुन । उहाँ जस्तै वृद्ध तथा नेपाली युवा पनि नैनीताल र आसपासका क्षेत्रमा वर्षौंदेखि भरियाका रुपमा मजदूरी गरेर जिविका चलाइरहेका छन् ।

त्यसैगरी कैलालीको लम्कीका ४५ वर्षीय लक्ष्मण जोशीले पनि भरिया काम गर्न थालेको १८ वर्ष भयो । “कोरोना कहरमा घर गएको थिए”, तलाउ छेउमा सामान ढुवानीमा भेटिएका उहाँले भन्नुभयो, “महिनाभरमा रु २० देखि २५ हजार भारुसम्म कमाइ हुन्छ ।”

उहाँले कोरोनाले सुनसान बनेको नैनीताल क्षेत्र केही दिनयता सामान्य बन्दै जाँदा पर्यटकको आवागमन बढेको जानकारी दिनुभयो । नैनीताल, खुर्पा ताल, भीम ताललगायत यहाँका क्षेत्रमाम करिब चार/पाँच सय नेपाली कार्यरत छन् । “महामारीका बेला धेरै नेपाली बेरोजगार बसे”, उहाँले भन्नुभयो, “कोरोनाको डरले घर गएका धेरै त फर्किएका छैनन् ।” उहाँले दुई छोराको पढाई खर्च र परिवारको अन्य खर्च भारी बोकेको कमाइले चलिरहेको बताउनुभयो ।

“नेपालमा रोजगारी भए त यहाँ भारी बोक्नु किन आउनु”, उहाँले भन्नुभयो, “यहाँ चिसो मौसम भएकाले मजदूरी गर्न ठिकै हुन्छ ।” त्यसैगरी कालीकोटका कालीकोटका धनबहादुर रावत पनि अढाइ दशकदेखि नैनीताल क्षेत्रमा मजदूरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । “नेपालमा रोजगार भए कहाँ किनु आउथ्यौँ र हजुर”, उहाँले भन्नुभयो, “यहाँ भारी बोक्ने अधिकांश नेपाली नै हुन् ।”

नैनीताल क्षेत्रमा सिमेन्ट, छठलगायत विकास निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेरबापत दूरीका हिसाब र तौलका हिसाबले रकम मिल्ने गरेको छ । “ताल छेउ वरपरमाथि करिब एक किलोमिटरसम्म पनि घर छन्”, रावतले भन्नुभयो, “नेपालीले भारी बोकेरै यहाँका मालिकका ठूलाठूला घर बनेका हुन् ।” कोरोनाको पहिलो र दोस्रो चरणमा पाँच महिना नेपाली मजदूर कामविहीन बनेका थिए ।

त्यसैगरी कालीकोटका प्रेम सार्कीले आर्थिक अवस्था कमजोर हुँदा आफू यहाँ आएर भारी बोक्न बाध्य रहेको पीडा पोख्नुभयो । “यहाँ आएर भारी बोक्न थालेको पनि १६ वर्ष भयो”, उहाँले भन्नुभयो, “परिवार छाडेर यहाँ भारी बोक्नु बाध्यता हो ।”

नैनीतालमा भरियाका साथै सडक निर्माण, होटलमा कामदारका रुपमा पनि नेपाली कार्यरत छन् । उहाँले मुलुकमा जस्तोसुकै व्यवस्था आए पनि आफूहरु घर छाडेर मजदूरीका लागि पलायन हुनु नियति नै बनेको दुखेसो पोख्नुभयो । “जोसुकै सरकारमा आउन, जस्तो व्यवस्था आए पनि यहाँ भारी नबोकी हाम्रो त गुजारा नै हुँदैन”, उहाँले भन्नुभयो, “स्वदेशमा रोजगारी भए युवा पिँढी बाहिरिनु पर्दैन ।”

 प्रशान्त होटलमा विगत २३ वर्षदेखि काम गर्दै आएका बझाङ तल्कोटका प्रेम विष्ट नेपाली नैनीताल क्षेत्रमा लामो समयदेखि मजदूरी काम गर्दै आएको बताउनुभयो । “घर नगएको आठ वर्ष भयो”, उहाँले भन्नुभयो, “परिवार र छोराछोरी पनि यतै साहुजीले राम्रो व्यवस्था गरेर राखिदिनुभएको छ ।” उहाँले आफू १४ वर्षका उमेरमा यहाँ आएको सुनाउनुभयो ।

“घरको अवस्था त्यस्तै थियो, मजदूरी खोज्दै यही होटलमा पुगे”, उहाँले भन्नुभयो,“ शुरुदेखि यो होटलभन्दा अन्त काम गर्न गएको छैन ।” उहाँले नैनीताल पर्यटकीयसँगै शैक्षिक हिसाबले पनि हब नै भएको बताउनुभयो ।

“हुनेखाने सम्पन्न नेपालीका छोराछोरी यहाँ अध्ययनका लागि आउछन्”, उहाँले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका भारी बोक्न ।” उहाँले शैक्षिक दृष्टिकोणले नेपालीको रोजाइमा पनि नैनीताल पर्दै आएको बताउनुभयो ।

सुदूरपश्चिम र कर्णालीका क्षेत्रमा अधिकांश नागरिकको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारतका विभिन्न क्षेत्र रहँदै आएको छ । कोरोनाको तेस्रो लहर आउनसक्ने चर्चा चलिरहँदा पश्चिमीका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक दुई हजारको हाराहारीमा नेपाली रोजगारीका लागि भारत गइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम