2026-09-19 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

साउन २५, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले समयमै सम्पन्नका लागि द्रूत गतिमा काम गरेका छौँ तर कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युमेन्टको कारणले समय धकेलिन पुग्यो ।” उहाँले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रुपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले पनि ४०० को हाराहारीले काम गरिरहेकाका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल रु २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको र  सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । 

आयोजनका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युवमेन्ट जडान, पाइपलाइन विच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उहाँले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिनुभयो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल ¥याडर, घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमास्थलले जम्मा तीन हजार ७९९ रोपनी क्षेत्रफलमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई