साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । "/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

तीन वर्षभित्रमा ७० किलोमिटर रेल्वे ट्र्याक खोलिने

३१ श्रावण २०७३, सोमबार ०९:०३

साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको योजनामा ७० किलोमिटर लामो रेल ट्रयाक खोल्ने योजना छ । 

रेल्वे विभागका अनुसार यो आर्थिक वर्षमा ५ किलोमिटर, आव ०७४/०७५ मा २५ किलोमिटर र अर्को आव ०७५/७६ मा ४० किलोमिटर रेल्वे ट्र्याक खोल्ने लक्ष्य छ । विभागले महोत्तरीको बर्दिबासदेखि झापाको काँकडभिट्टासम्म २ सय ५५ किलोमिटर खण्डका लागि डीपीआर तयार गरिसकेको छ । 

त्यस्तै, बर्दिबासदेखि बाराको सिमरासम्म १ सय ८ किलोमिटरमध्ये ३० किलोमिटरमा ठेक्का लगाई ट्र्याक खोल्ने काम भइरहेको छ । सिमरादेखि बुटवलसम्म १ सय ५२ किलोमिटर लामो रेलका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण समस्या भएको छ । यसको डीपीआर भने तयार भइसकेको छ ।

बर्दिबास–सिमरा रेलमार्गअन्तर्गत ३० किलोमिटरको कामलाई निरन्तरता दिँदै बर्दिबास–काँकडभिट्टा २ सय ९२ किलोमिटर तथा बुटवल–गड्डाचौकी ४ सय ०६ किलोमिटर खण्डको डीपीआर तयार गर्ने र निजगढ–हेटौंडा–भरतपुर खण्डको सम्भाव्यता अध्ययन तयारीका लागि चालू आवमा १ सय ३५ हेक्टर थप जग्गा अधिग्रहण गर्ने सरकारी योजना छ । रेलको काम अघि बढाउन ८ सय ७० हेक्टर जग्गा अधिग्रहण गर्ने र १२ सय २६ किलोमिटर लामो रेल मार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विभागले जनाएको छ । 

परियोजनाअन्तर्गत रुपन्देहीको बुटवलदेखि कञ्चनपुरको गडडचौकीसम्मको डीपीआर बनाउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा डीपीआर तयारीका लागि बजेट विनियोजन भएपछि रेल्वे विभागले परामर्शदाता नियुक्तिको तयारी थालेको छ । ४ सय २० किलोमिटर यो खण्डमा विद्युतीय रेल सञ्चालनका लागि विभागले १७ वटा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार