2026-10-13 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला

साउन २८, काठमाडौँ (रासस)। एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ । 

मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष अग्रवालले कोभिड–१९ महामारी तथा अन्य व्यवधानका बाबजुद व्यावसायिक गतिविधि उज्ज्वल देखिएकाले यस किसिमका मेलाहरू बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्टार्स स्कलर्स नेटवर्कका अध्यक्ष प्राडा उत्तम गौलीले विविधतापूर्ण नेटवर्कका माध्यमबाट उनीहरूको भविष्य निर्धारण गरी बजारमा स्थापित हुन सहयोग पुग्ने बताउनुभयो ।  मेरो जबका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले वैयक्तिक विवरण लेखन, अन्तर्वार्ता तथा सामूहिक छलफलको मूल्यमाथि केन्द्रित रहन मेला एक अवसर हुने बताउनुभयो ।

स्वतन्त्र विद्युत् उत्पादक सङ्घ नेपालका कार्यकारी समिति सदस्य अभिज्ञा मल्लले वर्तमान उद्योगहरूको प्रभावकारी, उत्पादनशील र परिणाममुखी प्रकृतिका मागप्रति प्रत्येक विद्यार्थी सचेत हुनुपर्ने बताउनुभयो । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले एड्भान्स्ड कलेज र उद्योगहरूबीच अनन्त सम्बन्ध कायम गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

सो कलेजका प्रिन्सिपल लोचनलाल अमात्यले आगामी दिनमा समेत उनीहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दै उनले यो भर्चुअल जब मेला उद्योगको मागअनुसार एड्भान्स्ड कलेजका विद्यार्थीको सीप विकास गर्ने प्रयास रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम