२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पप्पु कन्सट्रक्शनले अलपत्र पारेको तीनकुने पुन नयाँ डिजाइनमा बनाइने

२०७८, २९ श्रावण शुक्रबार १०:००

सञ्चिता घिमिरे । साउन २९, काठमाडौँ। झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो । 

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । 

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ । 

पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताउनुभयो । उहाँका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एन्ड बिल्ड) मार्फत निर्माण अघि बढाउन लागिएको हो । सो पुल पुल डिजाइन र निर्माण गरी झण्डै ४२ महिना लाग्ने उहाँले बताउनुभयो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको  छ ।  उहाँले भन्नुभयो, “निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ ।”

दुई सातापहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झण्डै दुई महिना लाग्ने योजनाले जनाएको छ । यसअघि पप्पु कन्सट्रक्शनसँग रु २१ करोडमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उहाँले बताउनुभयो । 

योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताउनुभयो । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्काे भत्काउने निर्णय गरेको थियो । 

यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लागेको छ । कम्पनीले प्राविधिक नभई काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उहाँले भन्नुभयो, “कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिट्ठी लेखिनेछ ।” 

यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उहाँले भन्नुभयो, “अहिले पनि कम्पनी कालोसूचीमा नै रहेको छ ।” 

यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने (डिजाइन एन्ड बिल्ड) गरी भएको सम्झौता भएकामा अहिले पुनः सोही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि पुनः डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।  

सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ । 

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहर सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन । 

नेपालमा नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ । 

काठमाडौँ उपत्यकाको सवारी चाप बढी रहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबीखोला र वाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ