2026-10-13 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको शहीद लखन गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

साउन ३१, गोरखा(रासस)। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

“आव २०७८/०७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन ।” उहाँले बुङ्कोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिसका आधारमा वडाबाट निःशुल्क सेवा पाउने बताउनुभयो ।

स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । “बुङ्कोट स्वास्थ्यचौकीदेखि गोरखा अस्पतालसम्म आउन जान बिरामीले एक पटकमा एक हजार ८०० भाडा तिर्नुपर्छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “वडाले खर्च व्यर्होने भए पनि थोरै भए पनि राहत मिल्छ ।”

बुङ्कोट स्वास्थ्यचौकीलाई सम्भव छ ‘नेपाल’ नामक संस्थाले भर्खरै एम्बुलेन्स उपलब्ध गराएको सोही एम्बुलेन्सबाट सेवा प्रदान गर्न सुरु गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम