2026-08-24 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

नारायण अधिकारी । साउन ३१, चितवन (रासस)। कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म  लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक  अर्यालका अनुसार सुरुमा रु १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उहाँको भनाइ छ ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उहाँ यसप्रति आकर्षित हुनुभएको हो । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उहाँको छ ।

उहाँका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिब रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उहाँको भनाइ छ । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उहाँले बताउनुभयो ।

अहिले खोरमा एक लाख कुखुरा  छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लाग्नुभएको हो । विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिनुभएका उहाँले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । बुबा अदालतमा जागिर गर्ने हुँदा उहाँले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गर्नुभएको हो ।

अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उहाँ राजनीतिक नियुक्तितर्फ लाग्नुभएको थियो । लम्जुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र  उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गर्नुभएका उहाँ निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थाल्नुभएको हो ।

उहाँकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । विसं २०५२ मा चितवन झरेर उहाँले कुखुरापालन व्यवसाय शुरु गर्नुभएको हो । उहाँका श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अंगाल्नु भएको हो ।

अध्ययनका कारण उहाँहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गर्नुभएको हो । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उहाँले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।” उहाँहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने  पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

उहाँले सुरुमा ६० हजार कुखुरापालनबाट पेशा थाल्नुभएको हो । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा उहाँको अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उहाँको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उहाँ पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन ।” यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उहाँले खोर वरिपरि अग्लो बार र हरियाली बनाउनुभएको छ । उहाँको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन