2026-10-13 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

रमेश लम्साल । साउन ३२, काठमाडौं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ ।

कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि कोशी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिने भएको हो । 

सो प्रसारण लाइनमा कूल ३२६ टावर निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनालाई राहत मिलेको छ । सो जलाधार क्षेत्रका झण्डै दुई हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको बिजुली सहजरुपमा प्रवाहका लागिसमेत पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । सो प्रसारण लाइन मङ्गलदेखि ३३ केभीमा सञ्चालन गरिनेछ ।  

इनरुवामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशको निर्माण पूरा भएको छैन । निर्माण व्यवसायीले तोकेअनुसार काम गर्न नसक्दा सबस्टेशनको काम पूरा हुन सकेको छैन । सो सबस्टेशन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि अस्थायीरुपमा प्रसारण लाइन ३३ केभीमा चार्ज गरिएको हो । त्यसबाट भोजपुर, सङ्खुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनाले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको प्राधिकरणको बुझाइ छ ।

सङ्खुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा जोडिनेछ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, सङ्खुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाका समयमा समेत पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ ।

सङ्खुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको वसन्तपुरमा गरी तीन सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो । “निर्माण चरणमा विभिन्न अवरोध छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिटो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।” आयोजना प्रमुख कार्यक्षेत्रमा नै बसेर समस्या समाधानका लागि पहल गरेका कारण पनि ठूलामध्येको एक कोशी करिडोर प्रसारण लाइन सम्पन्न भएकाले ऊर्जा उद्यमीले पनि खुसी व्यक्त गरेका छन् ।

सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको खोरुङ्गा खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तेह्रथुम पावरका प्रमुख मोहन डाँगीले प्रसारण लाइन सम्पन्न भएका कारण आफूहरुलाई राहत भएको प्रतिक्रिया दिनुभयो ।  

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश नं १ का  भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी खरिद सम्झौता (पिपिए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानीत लागत दुई करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । एक सय ३२ टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम