2026-08-24 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२१६ लाई रोजगारी, २१ योजना सम्पन्न

 साउन ३२, दमौली (रासस)। तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१ योजना सम्पन्न भएका छन् । 

सो कार्यक्रम मार्फत् २१६ ले रोजगारी पाएको कार्यक्रम  संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । तीमध्ये १०५ महिला र १११ पुरुष छन् । साइकल लेन, खानेपानी संरक्षण, सिँढीबाटो मर्मत, पोखरी निर्माण, आमा समूह भवन निर्माण, पक्की नाला, चौतारा मर्मतलगायतका काम गरिएको थियो । कार्यक्रमका लागि रु ७६ लाख ७४ हजार अनुदान प्राप्त भएकामा रु ३४ लाख नौ हजार ३५६ खर्च भएको छ । गाउँपालिकाले सो कार्यक्रमसँगै गाउँपालिका अध्यक्षसँग रोजगार कार्यक्रमसमेत सञ्चालन गरेको थियो । यसका लागि रु २१ लाख ८० हजार विनियोजन गरिएकामा रु १९ लाख ९७ हजार ४७४ खर्च भएको छ । 

कार्यक्रममार्फत मुकुन्देश्वरी रामकोट साइकल लेन मर्मत तथा निर्माणका लागि १५ ले रोजगारी पाएका छन् । उक्त कामबाट एक हजार ६०६ मिटर लम्बाइ लेन निर्माण गरिएको छ । जुमडाँडा खानेपानी संरक्षण तथा मर्मतका लागि छ जनाले रोजगारी पाएकामा १४.२ घनमिटरको ढुङ्गाको गारो र १७ मी तारबार गरिएको छ । 

पीपलथोकबाट खोरियापानी पधेँरा जाने बाटोका लागि १० ले रोजगारी पाएकामा १०१ मी ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लखनबारीदेखि पँधेरा जाने सिँढीबाटो मर्मत तथा निर्माणका लागि छ जनाले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ११६ मी सम्पन्न भएको छ । 

सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण तथा मर्मतका लागि १२ ले रोजगारी पाएकामा पाँच ठाउँमा पोखरी निर्माण गरिएको छ । साराङमुखिया टोलदेखि मनेथानसम्म सिँढी बाटो निर्माणका लागि आठले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो १०१ मी सम्पन्न भएको छ । 

ज्ञान्पा गाउँमा सिँढी बाटो निर्माणका लागि नौले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ६४.९ मी सम्पन्न भएको छ । कमलाबारी तल्लो गाउँबाट माथिल्लो गाउँसम्म सिँढी बाटो निर्माणमा पाँचले रोजगारी पाएकामा ढुङ्गा छाप्ने काम ४४.५ मी सम्पन्न भएको छ । भुलभुले खानेपानी मर्मतका लागि सातले रोजगारी पाएकामा पाइप लाइन खन्ने काम ९१७ मी सम्पन्न भएको छ । डाँडाछाप च्याहनडाँडा पैदलमार्ग निर्माणका लागि नौले रोजगारी पाएकामा सुख्खा ढुङ्गा छाप्ने काम २७८.५ मी सम्पन्न भएको छ । 

ग्याजाटार नागकुवा पँधेरादेखि खड्गमाई आमासमूह भवनसम्म सिँढी बाटो मर्मत तथा निर्माणका लागि छ ले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो १०१.५ मी सम्पन्न भएको छ । पडकेप पँधेरादेखि आलेचौरसम्म खानेपानी विस्तारका लागि आठले रोजगारी पाएकामा पाइप लाइन खन्ने काम ६५० मी सम्पन्न भएको छ । ढाडगाउँ पानी पँधेरा जाने गल्ली र पँधेरा निर्माणका लागि १२ मीले रोजगारी पाएकामा पिसिसी ढलान गरेको बाटो ९१.८ मी सम्पन्न भएको छ । 

लुङ्गेली सडक पक्की नालाका लागि १३ ले रोजगारी पाएकामा पक्की नाला १८.९ मी, कच्ची नाला ९०६ मी सम्पन्न भएको छ । खड्गमाई मन्दिर परिसरमा रहेको चौतारा मर्मतका लागि नौ ले रोजगारी पाएकामा ढुङ्गाको गारो ८५ घमि, ढुङ्गा छाप्ने काम २०० वर्गफिट सम्पन्न भएको छ । 

रानीवनदेखि बाहुन भञ्ज्याङसम्मको साइकल लेन मर्मतका लागि १६ ले रोजगारी पाएकामा २५५० मी काम सम्पन्न भएको छ । कोरिखा ढुङ्गा छाप्ने कामका लागि १४ ले रोजगारी पाएकामा बाटोमा सोलिङ र पिसिसी १२४ मी, बाटोमा ढुङ्गा छाप्ने काम १०९.५ मी सम्पन्न भएको छ । बाजुवाडाँडा डिगार्टु पैदलमार्ग मर्मत तथा निर्माणका लागि आठले रोजगारी पाएकामा बाटोमा सुख्खा ढुङ्गा छाप्ने काम २७५ मी सम्पन्न भएको छ । वडा नं ३ को वडा कार्यालयसम्मको बाटो तथा नाली मर्मतका लागि १५ ले रोजगारी पाएकामा कच्ची नाली खन्ने काम ८५ मी, बाटोमा ढुङ्गाको सोलिङ २५.५ मी र नाली सफा गर्ने काम ८५ मी सम्पन्न भएको छ । 

वडा नं ६ को वडा कार्यालयसम्मको बाटो तथा नाली मर्मतका लागि २४ ले रोजगारी पाएकामा कच्ची नाली खन्ने काम ९९६ मी, नाली सफा गर्ने काम ११८० मी सम्पन्न भएको छ । बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने उद्देश्यसहित सरकारले यो कार्यक्रम सुरु गरेको थियो । 

यस कार्यक्रमअन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका विपन्न बेरोजगार व्यक्तिले रोजगारी पाएका छन् । कार्यक्रमका लागि गाउँपालिकाभित्रका ३५८ प्राथमिकीकरण सूचीमा समावेश भएका छन् । वडामार्फत प्राप्त भएको बेरोजगार आवेदन र बेरोजगारको सूची कार्यपालिकाको बैठकबाट प्रमाणित गरिएको थियो । 

यस कार्यक्रमबाट श्रमिकको ज्याला भुक्तानी गर्दा अनिवार्य बैंक खातामा भुक्तानी गर्नुपर्ने व्यवस्थाले विपन्न वर्गको पारिवारिक तहमासमेत वित्तीय साक्षरता अभिवृद्धि भएको रोजगार संयोजक गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रम सञ्चालनका क्रममा केही चुनौती आइपरेको थियो । गत आर्थिक वर्षमा कायम भएको बजेट, मापदण्ड तथा कार्यविधि परिवर्तन भई चालू आर्थिक वर्षमा आधार, कार्य प्रक्रिया नयाँ भएकाले कार्यान्वयनमा अस्पष्टता र जटिलता आएको थियो । “प्रधानमन्त्री रोजगार कार्यक्रम केबल सङ्घीय सरकारको मात्र कार्यक्रम हो भन्ने सोचले लक्ष्यअनुसारको प्रगति हुन सकेन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन