2026-10-13 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुग्दै काठमाडौँ महानगर

भदौ ५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ ।

बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो ।

आउँदो बुधवारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ ।

यसअघि महानगरपालिकाले गएको असार १६ गते र साउनको अन्तिम हप्ता गरि कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरि ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् ।

दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरि सम्पर्कमा पनि नआउने र विवरणसम्म पेस नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ ।

सूचना सार्वजनिक गरेपछि अहिलेसम्म करिब तीन करोड रुपैयाँ बक्यौता रकम असुल गरिएकोे महानगरले जनाएकाे छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा एक करोड ५३ लाख राजस्व बुझाएका छन् ।

कर नतिरी सम्पर्कसम्म नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । राजस्व महाशाखा प्रमुख डा. अधिकारीले भन्नुभयो, ‘अटेर गर्नेलाई कानुनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरि महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो ।’

करदाताकै सहजताका लागि महानगरले गएको वर्ष असोज १ गतेदेखि अनलाइन प्रणालीमार्फत राजस्व सङ्कलन गर्दै आएको छ । अहिले अनलाइनमा १६० करदाता जोडिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम