2026-10-13 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो

भदौ ५, काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो ।

यसवर्ष संघ सरकार, प्रदेशका सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाकोसमेत गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सरकारको तगवर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ फछ्यौट तथा समायोजन गरिएकोमा १ खर्ब ३ अर्ब ८५ करोड फछ्यौट भएको छ ।आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणबाट थपिएको १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बराबर बेरुजु देखिएको छ । अघिल्ला वर्षहरुको बेरुजु र गतवर्षकोसमेत जोड्दा सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा संघ सरकारको ३ हजार ७९ वटा सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ४४ अर्ब ३९ करोड अर्थात् २.८६ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै, प्रदेश मातहतका १ हजार १९ वटा निकाय र कार्यालयहरुको २ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ६ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत बेरुजु देखिएको छ ।

५८४ वटा विभिन्न समिति तथा संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा १२ खर्ब ६६ करोड अर्थात् ७.७४ प्रतिशत बेरुजु देखिएको छ । स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ बराबरको लेखापरीक्षणमा ५ प्रतिशत अर्थात् ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बेरुजु रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम