2026-09-22 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर छलेर धमाधम यात्रु उडाउँदै एयरलाइन्सहरू

भदौ ६, काठमाडौं । आन्तरिक तथा बाह्य (अन्तर्राष्ट्रिय) हवाई कम्पनीहरुले कर छलेर धमाधम यात्रु उडाइरहेको फेला परेको छ । आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट बाहिर जाने र नेपाल भित्रै यात्रु बोक्ने ७ एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको पाइएको हो । 

कर छली गर्नेमा आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ५ एयरलाइन्स कम्पनीसहित नयाँ बानेश्वरको १ र टंगालको १ गरी ७ एयरलाइन्स कम्पनी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।  यी ७ कम्पनीहरूबाट आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ कम राजस्व उठेको भन्दै महालेखाले सम्बन्धी कम्पनीहरुलाई छानबिन गरी सोमा लाग्ने शुल्क तथा ब्याजसहित असुल गर्न समेत सरकारलाई निर्देशन गरेको छ । 

आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार उडान भर्ने एयरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भएपनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो