2026-10-13 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० लाखसम्म कर्जा पाइने

भदौ ९, काठमाडौँ । मोटरबाटो नपुगेको जमिन पनि धितोमा राखेर बिस लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि भदौ ८ गते ल्याएको संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ मा यस्तो व्यवस्था गरिएको हो। 

राष्ट्र बैंकका अनुसार अब देखि २० लाखसम्मको कर्जा लिंदा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्नेछन्। 

मोटर बाटो नभएको जग्गा राखेर २० लाख सम्मको कर्जा दिनलाई राष्ट्र बैंकले बैंकहरुलाई जोड समेत गरेको छ। बैंकका प्रत्येक शाखाले यस्तो  कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसके सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने छ।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर कर्जा लिन नपाउँदा एकातर्फ नेपालमा जग्गा प्लटिङ ब्यापक रुपमा बढिरहेको थियो भने अर्को तर्फ खेतीयोग्य जमिन पनि मासिने क्रम बढेको थियो। 

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाख रुपैयाँ सम्म कर्जा लिन पाइने व्यवस्थाले बिशेषगरि साना लगानीमा कृषि तथा अन्य व्यवसाय गरिरहेकाहरुलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम