२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत चयन

२०७८, ९ भाद्र बुधबार ०८:१८

भदौ ९, कास्की | लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

सङ्घको यही भदौ १८ र १९ गते हुने १३औँ अधिवेशनका लागि मङ्गलबार भएको उम्मेदवारी मनोनयमा अध्यक्ष पदका लागि आत्रेयको मात्रै उम्मेदवारी परेका कारण विधानतः उहाँ सर्वसम्मत बन्नुभएको हो ।

सङ्घको अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ, भने द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई तथा गोपीचन्द्र बाँस्तोलाको उम्मेदवारी छ । महासचिव पदमा उपेन्द्र सुवेदी र मेनुका श्रेष्ठ, उपमहासचिवमा जानुका पराजुली र धीरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काइला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्ध्या’ को उम्मेदवारी परेको छ । सङ्घको आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरी १२ जनाको लागि ३० जनाको उम्मेदवारी छ । 

अध्यक्ष पदमा सर्वसम्मत बन्नुभएका आत्रेयले उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले व्यावसायिक क्षेत्रमा गरेको योगदानका कारण सर्वसम्मत हुन पाएको स्मरण गर्दै उहाँले कोभिडका कारण मारमा परेका व्यवसायीका हकहितका सवालमा सम्बन्धित निकायमा अझै सशक्त आवाज उठाउने उहाँले बताउनुभयो । सङ्घमा हाल एक हजार ७३६ व्यवसायी आवद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो