2026-10-13 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरि नगरपालिकाको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

अच्युत रेग्मी । भदौ ११, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाको सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । 

यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल)सञ्चालनमा ल्याइएकामा  २५ श्यया बनाइने भएको छ । विसं २०७४ जेठ १० मा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै यहाँको विकासले फड्को मार्दै आएको हो । 

कोरोना सङ्क्रमण फैलिँदै गएकाले तीन स्थानमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको र अशक्त बिरामीलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल पठाउने गरिएको  प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । 

 भूकम्पले क्षति गरेको २४सामुदायिक विद्यालय पुनःनिर्माण गरिएको र  चन्द्रागिरिको चिनारी झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणमा गर्न लागिएको छ । वडा नं १२ गुर्जुधारामा झण्डै रु २५ करोडको लागतमा नगरपालिकाको भवन निर्माण गर्न लागिएको  छ । पन्ध्रमध्ये ११ वटा वडा भवन निर्माण भइसकेको र दुई वटाका लागि बोलपत्र आह्वान भइसकेको र दुईको काम बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो । 

अधिकांश स्थानमा आफ्नै स्रोत उपयोगमा ल्याएर सबै पुरानो बस्तीमा खानेपानी पु¥याउन तीव्र गतिमा काम गरिरहेको बताइएको छ । बाह्र किलोमिटर सडक मुख्य राजमार्गका साथै  नगरभित्रका झण्डै ७५ प्रतिशत सडक कालोपत्र र ढलान गरिएको छ । 

पिप्लामोडदेखि नागढुङ्गा, थानकोट हुँदै कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा र सडक बत्ती जडान, बीच बाटोमा बिरुवा रोपण, सडकमा रङ्रोगन र डिभाइडर राख्ने काम गरिएको छ  । एम्बुलेन्स र दमकल खरिद गरिएको छ । नगरप्रहरी राख्नका लागि विभिन्न वर्षमा बजेट विनियोजन गरिएकामा ऐन निर्माण नभएकाले ढिलाई भएको नगरप्रमुख गिरीको भनाइ थियो । 

चालिस हजार घरधुरी रहेको नगरमा एक वडा एक उद्यान निर्माण गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारीमा छ । 

सुरुङमार्गले झण्डै ३०० रोपनी जग्गा र ४० घरलाई असर पार्ने भएकाले पीडितलाई मुआब्जा वितरणका लागि सहजीकरण गरिएको र वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको मठमन्दिर पुनःनिर्माण गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।  । झण्डै दुई लाख स्थायी र अस्थायी जनसङ्ख्या रहेको नगरपालिकाले अझैसम्म  फोहरमैला व्यवस्थापन गर्न  सकेको छैन ।  यसैगरी बल्खुखोला करिडोर निर्माण, प्रविधियुक्त नगरपालिका निर्माण गर्न पनि बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम