१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

१२ भाद्र २०७८, शनिबार ०६:००

भदौ १२, पाँचथर (रासस)। आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ । 

फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्रै तीन ठाउँमा पहिरो झरेको छ । यस स्थानमा १५ दिनयता सडक अवरुद्ध बनेको छ । “बाटो सफा गर्यो, एकैछिनमा पहिरो खसेर पुर्छ”, वडा नं ७ का अध्यक्ष शेरबहादुर केरुङले भन्नुभयो, “पानी निरन्तर परिरहेकाले पहिरो झरिरहेको छ ।” केरुङका अनुसार वर्षा कम भएको अवस्थामा समेत सडक सञ्चालन गर्न अझै केही दिन लाग्छ । 

वडा नं ७ र ८ को बीचमा धेरै स्थानमा पहिरो झरेको छ । त्यसमध्ये लिखुरे र लोक्से भन्ने स्थानमा झरेको पहिरो पन्छाउन सके विहीदिनसम्म सवारी सञ्चालन हुन्छ । पहिरो झरेको लिखुरे र लोक्सेका बीचमा पाँच गाडी फसेर एक सातादेखि रोकिएका वडाध्यक्ष केरुङले जानकारी दिनुभयो । प्रशस्तै पानी भएको यस क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै सडकमा भेल बग्ने गर्छ । यो सडक निर्माणाधीन अवस्थामा रहेकाले भित्तापट्टि कटान गरिएका अधिकांश स्थानमा पहिरो झरेको स्थानीयवासीको भनाइ छ । 

सडक अवरुद्ध भएको र निरन्तरको वर्षा भइरहेकाले गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था आउन लागेको वडाध्यक्ष केरुङको भनाइ छ । “पहिरो झरिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “सामग्री खरिद गर्न र बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह