२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्यमशीलता र रोजगारी अभिवृद्धिका लागि बैंकसँग कर्जा सम्झौता

२०७८, १२ भाद्र शनिबार ०९:५३

राजकुमार पराजुली । भदौ १२, काभ्रेपलाञ्चोक (रासस)। उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ । 

उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नवील बैंकबीच शुक्रबार सम्झौता भएको छ । सो सम्झौता पत्रमा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र बैंकका वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गर्नुभयो । 

सम्झौतामा उद्याम गर्न चाहनेलाई आह्वान गरी तालिम तथा अभिमुखीकरण गराएर उद्यमशीलताप्रति आकर्षण गर्ने उद्देश्यसमेत उल्लेख गरिएको छ । “नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ”, उपप्रमुख दनुवारले भन्नुभयो । उहाँका अनुसार सामाजिक रुपान्तरणमा यो अभियानले सार्थकता पाउँदै जानेछ । यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । 

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नवील बैंकसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख दनुवारको भनाइ छ । यसले नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको सङ्ख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको उहाँले बताउनुभयो । 

बैंकका वाग्मती प्रदेश प्रमुख श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यामशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । 

नगरपालिकाले गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेडसँग सात शर्त राखेर सम्झौता गर्यो । सार्वजनिक–निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्न सो समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताउनुभयो । 

उहाँका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनको अझै आशा त मरेको छैन, उपयुक्त वातावरण भए अझै यो सालभित्र लगानी सम्मेलन गर्ने योजनामै छौँ ।” आव ०७६÷०७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । 

गत आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनःकोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । नगरप्रमुख खरेलले भन्नुभयो, “कोरोना तेस्रो लहरको प्रक्षेपणले नगरका अन्य योजनामा पनि प्रतिकूल असर पार्छ कि भन्ने चिन्ता पनि छ ।” नगरपालिकाले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । 

काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगर हुन्थ्यो । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न बितेका दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका थियौँ ।” विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको थियो । 

पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ । “सम्मेलनमा स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ”, नगरप्रमुख खरेलले भन्नुभयो, “पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने छ ।” 

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । 

त्यसो त, ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्णतः रोक लगाउँदै नगरपालिकाले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको लक्ष्य रहेको छ । 

विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । १३ वटा वडामा विभाजित पाँचखाल नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर र कूल जनसङ्ख्या ३७ हजार ७९७ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ