2026-08-24 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलेवा विमानस्थल निर्माण कछुवा गतिमा

खेमराज गौतम । भदौ १३, गलकोट (रासस)। निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । 

धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले छ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ । 

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम सुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्र गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिनुभयो ।

विसं २०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८  असार मसान्तसम्म काम सक्ने गरी छ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म विमानस्थल कालोपत्र भएको छैन । 

अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प रहेको छ । पुनः छ महिना म्याद थपको प्रक्रियामा पुगेको थापाले बताउनुभयो । “सबै काम सकिएको छ, कालोपत्र गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमै गयो, कोरोनाका कारण र कालोपत्र गर्ने समयमा पानी पर्दा समस्या भयो”, थापाले भन्नुभयो, “हामी त तयारी अवस्थामा छौं, अहिले कालोपत्र गर्ने उपकरण तथा कच्चा सामग्री लैजाने सडकसमेत बर्खाका कारण अवरुद्ध छ ।”

पानी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयार हुने भए पनि निरन्तरको झरिका कारण कालोपत्र गर्न समस्या भएकाले असोजसम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इञ्जिनीयर मीनराज ओझाले जानकारी दिनुभयो ।

विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ । “विमानस्थल कालोपत्रमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन, पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ, शुरुमा कालापत्रका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो सडक अवरुद्ध भयो ।” ओझाले भन्नुभयो, “चर्को घाम नलागी कालोपत्र गर्न प्राविधिक हिसाबले मिल्दैन र टिकाउ पनि हुँदैन, घाम लाग्दासाथ निर्माण व्यवसायी काममा फर्कन्छन्, आगामी असोजभित्रै काम सक्ने योजना हाम्रो छ ।”

कालोपत्र गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभीसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’