2026-10-12 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान प्रभावित

भदौ १३, काठमाडौँ | प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ । 

यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिनुभयो । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको होे । नेपालमा मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुद्ध एयरको कार्गो विस्तार

बुद्ध एयरले कार्गो सेवा विस्तार गरी सेवालाई स्तरीय बनाउने भएको छ । शुरुआतदेखि नै कार्गो सेवा प्रदान गरिरहेको कम्पनीले यसलाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो । जसअनुसार सुरुआतमा काठमाडौँ, भैरहवा, पोखरा सहरहरूमा घरबाटै कार्गो बुझिलिने र डेलिभरी सेवा दिनेछ । 

कार्गो सेवा सुरक्षितका साथै सङ्क्रमणरहित हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमा जनाएको छ । यो सेवा उपायडटकमको मोबाइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो सङ्कलनका लागि बोलाउन सकिन्छ । यसमा के कति चार्ज लाग्ने हो अग्रिम नै जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम