2026-10-13 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

भदौ १५, काठमाडौँ (रासस)। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । 

लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६  हजार १०७ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ । कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे । 

कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार,नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४०० र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख एक हजार १७२ को कारोबार भई शीर्ष स्थानमा रहे । 

यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम