2026-10-13 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढीदेखि अत्तरिया पुग्न १०-१५ मिनेट, छ लेन सडक निर्माण अन्तिम चरणमा

भदौ १७, काठमाडौँ | ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको कालोपत्रे र साँघुरो सडकमा सवारी साधनमार्फत धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो । 

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो निर्माणाधीन छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सडकमा आवागमन सहज र छिटो छरितो भएको हो । 

सरकारको प्राथमिकता प्राप्त यो सडक आयोजना निर्माण कार्यको भौतिक प्रगति हालसम्म ९० प्रतिशत पूरा भइसकेको छ । छ लेन सडक आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले हाल गेटा मेडिकल कलेज नजिकको सडकखण्डमा पर्ने सुन्नी खोला पुल निर्माणको काम भइरहको बताउनुभयो ।

यसैगरी मनहरा खोला पुल निर्माणका लागि ठेक्का लागिसकेको भए पनि बर्खा मौसमका कारण अझै सुरु हुनसकेको छैन । यो सडक आयोजनाअन्तर्गत मोहना नदीमाथि रहेको हालको मोहना पुलको समानान्तर हुने गरी अर्को पुल निर्माण गर्न लागिएको छ । यसका लागि पुलको डिजाइनसमेत स्वीकृत भइसकेको जनाइएको छ ।  

यो सडक तीन वटा प्याकेजमा राखेर निर्माणाधीन रहेको छ । मोहना पुलदेखि धनगढी ट्राफिक चोकसम्मको सडकलाई पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो तथा तेस्रो प्याकेजमा राखेर निर्माणको काम भइरहेको छ । 

यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।  विसं २०७६सम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न  अवरोधका कारण निर्माण अवधि पटकपटक थपिँदै गएको छ । 

पछिल्लो पटक थपिँएको छ महिनाको निर्माण अवधि गएको साउन १५ गते सकिएको छ । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको जोखिमका कारण काम तोकिएको समयमै पूरा गर्न नसकिएको भन्दै निर्माण अवधि थप्न निवेदन पेस गरेका छन् । 

‘‘अब निर्माणको अवधि मन्त्रिपरिषद्को निर्णयबाट मात्र थप्न सकिन्छ’’, आयोजना कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, ‘‘पछिल्लो पटक थपिएको अवधिमा काम पूरा गर्न नसकेको कारण पुष्ट्याइ गर्न सकिएन भने निर्माण कम्पनीले हर्जना तिर्नु पर्छ ।’’ 

कोरोना भाइरस फैलिएसँगै रोकथामका लागि गरिएको निषेधाज्ञा र बन्दाबन्दीका कारण सडक निर्माण कार्य तीव्र गतिमा हुनसकेको थिएन । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये सहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ ।  

सुरुको अवस्थामा सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा मुद्दा मामिला जस्ता विवाद उत्पन्न भएपछि निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो । यसबाहेक साविकको सडक क्षेत्रमा रहेका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो ।

यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न छन् । यो सडकको लागत अुनमान रु एक अर्ब ६८ करोडको रहेको छ । 

विकासको पहिलो पूर्वाधारका रुपमा सडक पूर्वाधारलाई मानिन्छ । पहिलो पटक ठूलो बजेट रकमसहित धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम भइरहेको हो । 

सडक सञ्जालको विकास एवं विस्तारसँगै यस क्षेत्रमा यातायात र व्यापारिक गतिविधि बढ्न गई समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ । 

यो सडक निर्माण सुरु भएको गएको चार वर्षमा एक जना प्रमुखले पूरा अवधि बस्न नपाई सरुवा हुँदा भने निर्माणको काममा असर पुगेको बताइएको छ ।   गएको चार वर्षमा पाँच जना कार्यालय प्रमुखको सरुवा भएर फेरिँदा निर्माण कार्यको नियमित रुपमा गर्नुपर्ने रेखदेखको काममा बाधा पुग्ने भई प्रत्यक्ष असर पुग्ने गरेको निर्माण कम्पनीका कर्मचारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम