2026-09-18 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पा–बुटवल सडक बन्द हुने

भदौ १७, काठमाडौँ | सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो ।

बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ । 

राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ । पटकपटक सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई