2026-10-12 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक हजारलाई अल्पकालीन रोजगारी

भदौ २०, काठमाडौँ (रासस)। नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारी दिन लागेको हो । बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौँमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौता अनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडका कारण पर्यटन क्षेत्रका श्रमिक बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भए पनि श्रमिकलाई राहत दिने बताउनुभयो । उहाँले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनुपर्ने अवस्था आएको बताउनुभयो । 

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भए पनि हल गर्न मद्दत मिल्ने बताउनुभयो । पर्यटन व्यवसायलाई बचाई राख्न र यस क्षेत्रका श्रमिकलाई टिकाउन पनि यो सानो प्रयासले ठूलो रोजगारी नभए पनि केही राहत दिने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम) देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ । यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिलेको सङ्कटमा त्यो क्षेत्रको श्रमिकलाई बचाइ राख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राख्नुभयो । उहाँले बोर्डसँग संस्थागत सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताउनुभयो ।

बोर्डले यसअघि होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) र नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा) सँग यस प्रकारको सम्झौता गरिसकेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

परियोजनाले विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्याइने परियोजनाको लक्ष्य छ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम