2026-10-12 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले दशैं तिहारलाई लक्षित गरी असोज १ गतेदेखि सस्तो पसल सञ्चालन गर्ने

भदौ २१, काठमाडौँ । सरकारले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य असोज १ गतेबाट छठपछिको १ हप्तासम्म सञ्चालन गर्ने भएको हो ।

मन्त्रिपरिषद्को कार्यालयले सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा केन्द्रीय अनुगमन तथा मूल्यङ्कन समितिको वैठक बसेर सो निर्णय गरेको कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतले बताए । सो वैठकमा संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्य निकायहरूको समन्वयमा बिस्तृत कार्ययोजना बनाई १५ दिनभित्र पेश गर्ने निर्णय भएको छ ।

त्यसैगरी चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापन लगायतका कार्यहरू भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत् मिलाउनुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीहरूलाई खोप लगाउने प्राथमिकतामा राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम