१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

२३ भाद्र २०७८, बुधबार ०५:१४

भदौ २३, फुङ्लिङ (रासस)। ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । 

सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ । 

उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जनाएको छ । प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युत्गृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ । आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ ।

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै स्नो रिभर्स प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका सरोकारवालासँग राय सुझाव मागेको छ । विभागले आइतबार सूचना जारी गर्दै आयोजना सञ्चालनबाट प्रतिकूल असर पर्ने भएमा सरोकारवालाले आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभागसमक्ष पेश गरिसक्नुपर्ने जनाएको छ ।

ताप्लेजुङअन्तर्गत नै काबेली खोलाबाट विद्युत् उत्पादन गर्ने गरी काबेली ‘ए’ ३४ मेगावाट, अपर काबेली २३ मेगावाट, सुपर काबेली २० मेगावाट र अपर काबेली–२ १० मेगावाट क्षमताका आयोजना प्रस्ताव गरिएका छन् । ताप्लेजुङ–पाँचथर क्षेत्रमा पर्ने २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी