2026-10-12 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मजदुर आन्दोलनले गाई भैँसी भोकै

भदौ २४, चितवन (रासस)। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयमा ११५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनुपर्ने छ । आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई आज बिहान मजदुरले दाना पानी दिएको बताउनुभयो । 

आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । चार दिनसम्म दानापानी खान नपाएपछि गाई भँैसीको अवस्था दयानीय बनेको छ । उहाँले भन्नुभयो, “मजदुरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोध पछि बंगुरका बच्चालाई दिइएको छ ।” दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउनुहुन्छ ।

गोठमा एक सातामा छ भैँसी ब्याएका छन् । चौध ब्याउने अवस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उहाँको भनाइ छ । गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ । गोठमा १९ गाई छन् । गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यससँगै अध्ययनका लागि २६ बंगुर, छ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर छ, हालै रु १ लाख ५० हजारमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन् । ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रुपमा प्रभावित बनेको उहाँ बताउनुहुन्छ । 

गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर आज बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ । गोठमै रहनुभएका बस्नेतले भन्नुभयो, “यो अत्यावश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौँ ।” गोठमा २६ मजदुर काम गर्दछन् । ती मध्ये १४ दैनिक ज्यालादारीका हुन् । बाह« जना करारका रहेका छन् । अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदुरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उहाँले जानकारी दिनुभयो । 

कानूनमा श्रेणीबिहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउनुहुन्छ । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आफूहरुले पशु चौपायाको दानापानी नै प्रभावित हुनेगरि आन्दोलन नगरेको जिकिर गर्नुभयो । विश्वविद्यालय प्रशासनले आफूहरुको मागको वेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताउनुभयो । माथिल्लो तहका केही मजदुरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउनुहुन्छ । 

विगत केही वर्षयता सो विश्वद्यिालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ । गतवर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ । विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम