२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा घट्दै कोरोना सङ्क्रमण

२०७८, २७ भाद्र आईतवार ०५:२०

भदौ २७, चितवन (रासस)। साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको  थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।  साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उहाँका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताउनुभयो । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।

कङ्काल भेटियो

पश्चिम चितवनका एक व्यक्तिको कङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार कङ्काल भेटिएको हो । उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस