2026-10-12 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

तारानाथ आचार्य । भदौ २७, बलेवा (रासस)। भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ  बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । 

कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट व्यापारी मुस्ताङ पुगेका छन् । निरन्तरको वर्षा र बाढीपहिराले पनि व्यापारी यस वर्ष ढिलो गरी मुस्ताङ पुगेका हुन् । मुस्ताङको स्याउ तीज अघि नै बजारमा ल्याउने व्यापारीको जोड थियो । तर, असोज लागेपछि मात्रै स्याउ बजारमा आउने छ ।

यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा आगामी असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ गाउँपालिका–२ मार्फाका किसान राजुप्रसाद लालचनले बताउनुभयो । ‘‘एप्पल जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जादैन,’’ उहाँले भन्नुभयो, ‘‘खरिद बिक्रीको काम भइरहेको भए पनि बगानमा पसेर स्याउ टिप्न पाइएको छैन ।’’ गत वर्षभन्दा यसवर्ष मुस्ताङमा कम स्याउ फलेको उहाँले बताउनुभयो । 

कालीगण्डकी किनार आसपासका फाँटभन्दा केही माथिल्लो भूभागको जमिनमा स्याउ कम फलेको छ । ‘‘हुस्सुका कारण स्याउमा रोग देखिएको छ, जसका कारण स्याउ राम्रो फलेन,’’ लालचनले भन्नुभयो, ‘‘स्याउनको लागि चर्चित मार्फा हो, पुरानो मार्फामा अहिले स्याउ गतिलो फलेन ।’ यहाँको स्याउ असोज १५ पछि टिप्दा मात्रै राम्रोसँग पाक्न पाउने ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताउनुभयो । ‘‘भदौ नलाग्दै बजार पठाउने चलन रहेछ, स्याउको स्वाद पनि नहुने र किसानले राम्रोसँग मुनाफा लिन नपाउने हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यसवर्ष समूह र सहकारीमा आवद्ध सबैले आगामी असोज १ पछि मात्रै स्याउ टिप्ने निधो गर्नुभएको छ ।’’ 

व्यापारी स्याउ बजार पुर्याउनका लागि आत्तिएको भए पनि किसान र उपभोक्ताको हितका लागि समय तोकिएको थापाको भनाइ छ । गत वर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । यसवर्ष गत वर्षको तुलनामा केही कम उत्पादन भएको थापाले बताउनुभयो । ‘‘औषतभन्दा पानी धेरै पर्यो, हिउँ पर्याप्त परेन, जसको असर स्याउको उत्पादनमा पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘उत्पादन दिने बिरुवाको सङ्ख्या बढेको भए पनि हावापानीका कारण उत्पादन घट्ने देखिन्छ ।’’

मुस्ताङमा एक हजार ४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमश उत्पादन दिने प्रमुख थापाले बताउनुभयो । गतवर्ष यहाँको स्याउ बगानबाट प्रतिकिलो रु १०० का दरले बिक्री भएको थियो । ‘‘बगानै ठेक्का दिने चलन छ, ठेक्कामा अझै सस्तो पर्छ, फुटकर बेच्दा मात्रै किसानले मागेको मूल्य पाएका छन्,’’ प्रमुख थापाले भन्नुभयो । मुस्ताङको स्याउ विशेष गरेर दशैंँ, तिहारजस्ता पर्वमा कोसेलीको रुपमा प्रयोग हुने भएकाले बजारमा माग बढ्दो छ । बागलुङ, पोखरा, चितवन, काठमाडौंँलगायतका सहरमा यहाँको स्याउ बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम