२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनाङ सडक सञ्जालबाट विच्छेद : समय सकिने बेलासम्म पनि निर्माण शुरु भएन

२०७८, २७ भाद्र आईतवार ०९:१७

नवीन लामिछाने। भदौ २७, मनाङ (रासस)। हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङ पूर्णरुपमा सडक सञ्जालबाट टाँढिएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्ड बाढीपहिराले सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्था समेत छैन । 

अवरुद्ध सडक सञ्चालन गर्न निर्माण कम्पनीले सम्झौता गरे पनि हालसम्म सुरुआत भएको छैन । सडक मर्मत तथा सम्भार र निर्माणको काम सुरुआत नहुँदा आवतजावतका साथै सामग्री ढुवानीमा समस्या भएको स्थानीयवासीको भनाइ छ । निर्माण कम्पनीले दुई महिनामा सडक निर्माण गरी सामग्री ढुवानी र आउजाउलाई सहज बनाउने उद्देश्यले सम्झौता गरेअनुरुप निर्माणको काम नहुँदा स्थानीयवासी निराश बनेका छन् । 

गत असार १ गते आएको बाढीपहिराले सडकका धेरै स्थानमा क्षति पुर्याएको छ । केही ठाउँमा सडकको निसान समेत मेटिएको छ । छिटो निर्माण गरिने भनिएको सडकको हालसम्म पनि निर्माणको काम थाल्न सकिएको छैन । सडक निर्माणका लागि उत्तरगया कन्स्ट्रक्सन प्रालिसँग सडक डिभिजन कार्यालयले साउन पहिलो साता सम्झौता गरेको थियो । सम्झौताअनुसार काम नहुँदा सम्बन्धित निकायले चासो दिए पनि काम अगाडि नबढ्दा जिल्लावासी चिन्तित बनेका छन् । 

“सम्झौताअनुसार सडक निर्माणको समय सकिने अवस्था आइपुगेको छ, तर निर्माण कम्पनीले हालसम्म पनि काम थालेको छैन, स्थानीयवासीको आशा निराशामा परिणत भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “समयमा काम नथालिएमा निर्माण कम्पनीलाई कारवाही गर्छौं ।” पटकपटक छिटो काम अगाडि बढाउन दबाब दिइए पनि निर्माण कम्पनीले चासो नदिएको स्थानीयवासीको आरोप छ । 

निर्माण कम्पनीलाई दबाब दिइएको प्रजिअ लामिछानेले बताउनुभयो । समयमा निर्माणको काम नथाले कारवाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो । सडक सञ्जाल टुट्दाखेरी यहाँको भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न र मेसिन ल्याउन नसक्दा अझ चिन्ता बढेको उहाँ बताउनुहुन्छ । गत साउन पहिलो साता रु दुई करोड बजेट व्यवस्थापन गरिएको भए पनि निर्माण कम्पनीले ५० प्रतिशत कम रु एक करोडमा सम्झौता गरेको थियो । कम मूल्यमा बोलपत्र पारेर काम नगर्ने र स्थानीयवासीको सहजताका लागि काम गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नथालेर समय थप्दै निर्माणको काममा ढिलाइ गर्दै आइरहेको छ । 

निर्माण कम्पनी उत्तरगया कन्स्ट्रक्सन प्रालिका निर्देशक धनबहादुर गुरुङले काम नै नथालिएको भन्न नमिल्ने र काम सुरुआत गरिए पनि वर्षा भइरहदा समस्या भएको बताउनुभयो । “झरी पर्न रोकिएको छैन, एक दिन मौसम सफा भए पनि अर्को दिन पानी पर्छ, त्यसले गर्दा एक ठाउँ सडक बन्यो भनेर अर्को ठाउँमा बनाउँदै गर्दा बनेको ठाउँको सडक भत्किन्छ, त्यसैले ढिलाइ भएको हो”, गुरुङले भन्नुभयो । 

वर्षा नरोकिँदा सडक निर्माणमा ढिलाइ भएको समस्या देखाउँदै निर्माण कम्पनी पन्छिन खोजेको नासों गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताउनुभयो । “बेँसीशहरबाट नासोंको प्रवेश स्थानमा आइपुग्न मुस्किल छ । सडक कहिले बन्ला र सहज होला भन्ने हामीलाई भइरहेको छ, स्थानीयवासी आफैं गएर सामग्री ल्याउन सक्ने अवस्था छैन, निर्माणका लागि दबाब दिँदादिँदै पनि मुखदर्शक बन्न बाध्य भएका छौं जनप्रतिनिधि”, उहाँले भन्नुभयो । 

लमजुङको केही भाग निर्माण भए पनि मनाङतर्फको भागमा निर्माणको थालनी भएको छैन । यसरी कम्पनीले निर्माण सम्पन्न गर्ने मितिअनुसारको काम नहुने र सम्झौता थप्दै बजेट सक्ने कार्यले मनाङ सडक सञ्जालबाट लामो समयसम्म टाढा रहने देखिएको छ । बेँसीशहर–चामे–खाङ्सार सडक खण्ड १०७ किलोमिटर छ । उक्त सडकअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु–भ्राताङ भिरमा सडकको निर्माणको काम भइरहेको छ । हाल बाढीपहिराले सडकको निशान मेटिदिएपछि उक्त स्थानमा भीरको चट्टान कटान तथा बम प्रहार गरी सडक सञ्जाल निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ