2026-08-24 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

नरेन्द्रसिह कार्की । भदौ २८, दार्चुला (रासस)। दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । 

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो ।

अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ । मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ । स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ ।

विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ । यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ । सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो । 

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ । दार्चुला-तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउनुहुन्छ । “विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।”

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ । नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ । चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउनुहुन्छ । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ । “आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ”, पौडेलले भन्नुभयो ।

महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिङ्कर जोडिँदैछ । यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो । सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ । सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ । 

सीमास्तम्भ नजिकै चीनले सडक पुर्‍याएपछि खुसी

चीनले दार्चुलाको व्यास गाउँपालिकाको तिङ्कर भञ्ज्याङ नेपाल-चीन सीमास्तम्भ नजिकै सडक पुर्‍याएपछि जिल्लावासी खुसी भएका छन् । व्यास-१ तिङ्करको एक नं पिलर नजिकै चीनले सडक पुर्‍याएपछि ताक्लाकोटसम्मको व्यापारमा सहज हुने भएपछि जिल्लावासी खुसी भएका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत्को पुराङकाउन्टी ताक्लाकोट हँुदै नेपाल जोड्ने गरी चीनले सडक पुर्‍याएको छ । चीनले पिलरसम्म सडक पुर्‍याउँदा नेपाली व्यापारीलाई धेरै सहज भएको व्यासका दानसिंह तिंकरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पिलरको थोरै तल सडक पुगेको छ, अब व्यापार व्यवसायमा नेपालीलाई सहज हुने भएको छ, हामीले घण्टौ हिडेर चीनको गाडी चल्न मिल्थ्यो”, तिंकरीले भन्नुभयो, “अहिले सडक पुगेको हामी सबैका लागि खुसीको कुरा हो ।” 

अहिले यो नाका कोरोनाका कारण बन्द छ । चीनसँगको नाका बन्द हुनुअघिसम्म छाङ्गरु र तिङ्करका स्थानीयवासीले चीनको समान ल्याएर व्यापार गर्थे । उनीहरु गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे । उसो त छाङ्गरु र तिङ्करमा अहिले पनि चिनियाँ समान सहजै उपलब्ध हुने गरेको छ । 

नेपाल र भारतको भन्दा सस्तो मूल्यमा छाङ्गरु तथा तिङ्करमा चिनियाँ समान पुग्ने गर्छ । दुई वर्षअघिसम्म यहाँका व्यापारीले चीनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवी, मुन्स्यारीलगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोवार हुने गरेको थियो । कोरोनाले नाका बन्द हुनुअघि छाङगरु तिङ्करका ४०/५० जनाले चीनको ताक्लाकोटमा व्यापार गर्थे ।  

ताक्लाकोटमा निरन्तर व्यापार गर्दै आउनुभएका बिमल बोहराले भन्नुभयो, “छङ्गरु र तिङ्करका स्थानीयवासी वैशाखदेखि कात्तिकसम्म ताक्लाकोट बसेर व्यापार गथ्र्यौ, कोरोना अघिसम्म चीनले टप्फु नजिकै सडक पुर्‍याएको थियो, अहिले त्यो भन्दाअघि बढेको छ, सडक पिलरसम्म पुग्यो भने व्यापारीलाई झनै सहज हुन्छ ।” अहिले पिलरबाट थोरै तल झर्ने बित्तिकै चीनले बनाएको सडक देखिन्छ । त्यो क्षेत्रसम्म गाडी चल्ने गर्छन् । चीनले सीमामा बोर्डर प्रहरी राखेर निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु