2026-10-12 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली सेनामा प्राविधिक तर्फका लागि ४६४ जनालाई रोजगारी अवसर

भदौ ३१, काठमाडौँ । नेपाली सेनाले ४६४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा ४६४ जना कर्मचारी माग गरेको हो ।

जंगी अड्डाले रिक्त रहेका ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी पदमा खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।जंगी अड्डाले जारी गरेको सूचना अनुसार योग्यता पुग्ने इच्छुक व्यक्तिले २०७८ भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म र दोब्बर दस्तुर सहित सातदिन थप गरी कात्र्तिक ०१ गतेदेखि कात्र्तिक ०७ गतेसम्म कार्यालयमा दरखास्त पेश गर्न सक्नेछन् ।

दरखास्त पेश गर्ने अन्तिम मिति २०७८ भदौ ३१ गतेसम्म १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । तर, नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिको हकमा भने ३५ वर्ष उमेर पुरा नभएसम्म बढीमा ३ पटक आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिले स्वयम् उपस्थित भई रु. १० को टिकट टाँसी दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम नारायणहिटी स्थित श्री नेपाल क्याल्भरी उत्तर तर्फको खेल मैदानमा वितरण गरिने र सोही स्थानमा दरखास्त फाराम पेश गर्नुपर्ने छ । दरखास्त फाराम बुझाउँदा नेपाल बैंकको खाता नम्बर ००१०१००००००००१००१००१ मा कार्यालय कोड ३४५०१३५१३ र राजश्व शिर्षक नम्बर १४२२४ मा जम्मा गरी त्यसको सक्कल भौचर तथा प्रतिलिपि १/१ प्रति दरखास्त फाराम सँगै पेश गर्नुपर्नेछ ।

सबै ट्रेडका प्रा.सुका लागि ४००, सबै ट्रेडका प्राविधिक जम. का लागि ३०० र सबै ट्रेडका प्रा.अम, अमल्दार कर्मचारी र पुजारी हुद्दाका लागि रु. २०० दरखास्त दस्तुर लाग्नेछ । तर, सोही विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समुहको लागि २० प्रतिशत का दरले थप दस्तुर लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम