सानिमा बैंकले सेयरधनीलाई १७.८९ % लाभांश दिने

साझासवाल
1 Min Read

<p><b>असोज ७, काठमाडौँ ।</b> सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।<br></p><p>बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित लाभांश नगद लाभांश कर प्रयोजनका लागि सेयरधनीलाई बैंकले दिने भएको हो ।</p><p>प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो भने हाल बैंकको ९ अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी कायम छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply