2026-09-21 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

असोज २३, काठमाडौं। लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजीवृद्धि स्वीकृत गरेको बताए। लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधिन छ।

अधिकारीले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताए।

बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको सेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।

बैठकमा मन्त्रालय र लगानी बोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र विद्युत क्षेत्रमा लगानी गर्दा खपथको योजनासहित अघि बढाउनुपर्ने विषयमा छलफल भएको सहप्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो