८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

२४ आश्विन २०७८, आईतवार ०७:५२

असोज २४, काठमाडौँ, न्युज कारखाना | बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासीयपछि उपभोक्ताको रोजाइमा स्थानीय बसीबोका परेका छन् । 

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा बसीबोका बिक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए । सहकारीमा आवद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो । 

दुईवटा सहकारीमार्फत् खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएकाे सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन् । घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरु हर्षित छन् । 

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थें’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपाली सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन् । 

‘पहिलो बजार खोज्दै जानुपर्थ्याे, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’,  प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन् । 

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन् । वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा