2026-10-12 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

असोज २४, काठमाडौँ, न्युज कारखाना | बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासीयपछि उपभोक्ताको रोजाइमा स्थानीय बसीबोका परेका छन् । 

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा बसीबोका बिक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए । सहकारीमा आवद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो । 

दुईवटा सहकारीमार्फत् खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएकाे सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन् । घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरु हर्षित छन् । 

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थें’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपाली सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन् । 

‘पहिलो बजार खोज्दै जानुपर्थ्याे, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’,  प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन् । 

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन् । वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम