२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, दुई लाखभन्दा बढीले हात पारे १० कित्ताका दरले सेयर

२०७८, ५ कार्तिक शुक्रबार ०६:००

कात्तिक ५, काठमाडौं | शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो सेयर बाँडफाँट भएको हो।

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो ।

यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । तर, आईपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।   

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।

उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने