2026-09-21 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार कारोबार दशैँ बिदापछिकै सबैभन्दा धेरै

कात्तिक ८, काठमाडौँ | शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई सय, र फाइनान्स एक सय ७६ अङ्कले बढेको छ । 

त्यस्तै निर्जीवन बीमा समूहको शेयर चार सय ६७ अङ्कले, माइक्रोफाइनान्स एक सय २१ र जीवन बीमा समूहको शेयर पाँच सय ३७ अङ्कले बढेको छ । 

आज कारोबार रकम पनि बढेको छ । केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो । 

आज १७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज शाङ्ग्रिला विकास बैंक डिबेन्चरको शेयर भने चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो