२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कति छ नयाँ भाउ ?

२०७८, १२ कार्तिक शुक्रबार ०४:५७

कात्तिक १२, काठमाडौं | नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । 

नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सो सभा बिहान ११ बजे सुरु हुनेछ । त्यसैगरी, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, आशा लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ ककनीमा पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्दै छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुबै कम्पनीले आज १२ कात्तिकमा बुक क्लोज गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध