2026-10-12 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लुम्बिनी विकास बैंकको नाफा ९० प्रतिशतले बढ्यो

कात्तिक १४, काठमाडौं | लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षभन्दा यसवर्ष खुद् नाफा ९० दशमलव ८० प्रतिशत पृद्धि भएको हो । गतवर्ष बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

असोजसम्ममा लुम्बिनीले खुद ब्याज आम्दानी ३३ दशमलव ७१ प्रतिशत र सञ्चालन नाफा ८३ दशमलव ४० प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरण योग्य नाफा ५१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर २९ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ एक सय ८७ रुपैयाँ पाँच पैसा छ । हाल बैंकको चुक्तापूँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङसहित जगेडा कोष रकम दुई अर्ब ५३ करोड ५४ हजार रुपैयाँ छ । यसवर्ष बैंकले ३६ अर्ब ५५ करोड ४४ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

बैंकले असोजसम्ममा ३२ अर्ब ३९ करोड ८० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, बैंक खराब कर्जा पनि घटाउन पनि सफल भएको छ । गतवर्ष दुई ३६ प्रतिशत खराब कर्जा रहेको बैंकको यस त्रैमासमा घटाएर एक दशमलव ३१ प्रतिशतमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम