2026-09-21 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा, म्यानुअलबाट अटोमेटिक सिस्टम प्रयोग गर्दै प्रहरी

कात्तिक १९, काठमाडौं | काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् ।

यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटिभीमा हुने दाबी गरेको छ । कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।

४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । ‘८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,’ कम्पनीले भनेको छ, ‘सामानको अभाव छैन । कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।’

उपत्यकामा कति छ सीसीटिभी?

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटिभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसीटिभी आवश्यक रहेको औँल्याएको बताउँछन् ।

मेट्रोका डीआईजी उत्तमराज सुवेदी । तर बजेको अभाव, संगठनको प्राथमिकता, प्रतिकूल वातावरणका कारण आवश्यकताअनुसारको सीसीटिभी जडान हुन सकेन । अहिले भने प्रहरी प्रधान कार्यालयले नै उपत्यकामा सीसीटिभी जडानलाई प्राथमिकतामा राखेको बताउँछन् डीआईजी सुवेदी । उनी प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने धारणा राख्छन् । ‘समय बचत हुने भयो । कुनै पनि घटना मिस नहुने भयो । अनुसन्धान प्रभावकारी हुने भयो,’ उनी भन्छन् ।

झण्डै चार सय क्यामेरा प्रक्रियामा

महानगरीय प्रहरी कार्यालय सिसीटिभी शाखाका एसपी कृष्णबहादुर धिताल मेट्रोले आफै पनि सीसीटिभी जडान प्रक्रिया अघि बढाएको बताउँछन् । भिडियो म्यानेजमेन्ट सिस्टमका लागि अप्टिकल फाइबर विछ्याउनुपर्ने भन्दै धितालले यो काम सकिएपछि जडानमा समय नलाग्ने बताए ।

उनकाअनुसार मेट्रोले भीआइपी एरिया लक्षित गरी काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान प्रक्रियामा लगेको छ । यसका लागि ९ करोड हाराहारीमा बजेट छुट्याइएको छ । उपत्यकामा भदौमा मात्रै ५८ क्यामेरा जडान भएको उनले जानकारी दिए । ‘अब जडान हुने सीसीटिभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिड्क्टिभ गर्छ । शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्छ,’ एसपी धितालले भने, ‘भिडियो फिल्टर गर्ने, भिडियो सिनोफ्सिस, लामो भिडियोलाई समराइज गर्न सहज हुन्छ ।’

यसले गर्दा सडकमा लेन मिच्ने, ट्राफिक लाइट मिच्नेलाई अन द स्पट नोटिस गरेर कारवाही गर्न सकिने उनले बताए । एक/डेढ महिनाभित्र माथि उल्लेखित संख्यामा सीसीटिभी जडान भइसक्ने सीसीटिभी शाखा प्रमुख एसपी धिताल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो