२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

२०७८, २३ कार्तिक मंगलवार १०:१५

शेर भण्डारी | कात्तिक २३, डडेल्धुरा | डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि  सर्भे सुरु भएको हाे। 

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पिन छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए। प्राविधिक टोलीले सर्भेका लागि  ड्रोन क्यामराको समेत प्रयोग गरेको छ। त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका विषयलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उनले बताए। ‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं । सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं। विस्तृत विवरण सर्भेपछि मात्रै थाहा हुन्छ,’ उनले भने।

२०७० सालदेखि नै डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानलाई प्रस्ताव हुँदै आएकाे थियाे । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे  गराउन सकेको राजनीतिज्ञ डा. तारा जोशीको भनाइ छ। ‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन्। सुरुमा अध्ययन भयो। त्यसपछि सम्भाव्यता अध्ययन भयो। अहिले हामी डीपीआर बनाउने प्रयासमा छौं। रिपोर्ट आएपछि  इआइएको प्रक्रिया सुरू हुन्छ। हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुरामा अगाडि बढ्छाै‌।’  विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको तर जमिन भिरालो भएर पनि धावनमार्ग, पहाडले छेक्ने सम्भावनासमेत रहेको प्राविधिकहरूको भनाइ छ। 

स्थानीय खुसी

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सात वटै पहाडी र दुई वटा तराईका जिल्लामा विमानस्थल छन्। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल छैन्। 

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आयस्तरमा समेत बढ्ने अमरगढी नगरपालिकाका नगरप्रमुख संगीता भण्डारीले बताइन्। उनले भनिन्, ‘यो ठाउँमा विमानस्थल बने मिनिमार्केटको रूपमा स्थापना हुन्छ। त्यसपछि यहाँका नागरिकले विभिन्न किसिमका व्यवसाय गर्न सक्छन् । र, आर्थिकरूपमा समेत सम्पन्न हुन्छन् ।’

डडेल्धुरामा विमानस्थल बने सुदूरपश्चिमका नाै जिल्लाका जनताले सुविधा पाउने स्थानीय धनबहादुर साउदले बताए। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ